नियम ८५
विद्यालय बन्द हुने
(१) नेपाल सरकारले सार्वजनिक बिदा तोकेको दिन विद्यालय बन्द हुनेछ ।
(२) वडादशैंको घटस्थापनादेखि पूर्णिमासम्म विद्यालय बन्द रहनेछ ।
(३) एक शैक्षिक सत्रमा हिउ“दे बिदा वा वर्षे बिदा वा दुवै गरी पैतालीस दिन विद्यालय बन्द रहनेछ ।
(४) उपनियम (२) मा लेखिएदेखि बाहेक व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप पा“च दिनसम्म स्थानीय बिदा दिई विद्यालय बन्द गर्न सक्नेछ ।
(५) उपनियम (१) र (२) मा लेखिएदेखि बाहेक अन्य दिन विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कारबाही गरिनेछ